२०२२ को पपुलर फिल्म बन्यो ‘केजीएफ २’
फिल्म ‘केजीएफ २’ वर्ष २०२२ को सबैभन्दा पपुलर फिल्म सावित भएको छ । हालै टिकट बुकिङ प्लेटफर्म ‘बुक माई शो’ ले सार्वजनिक गरेको वर्ष २०२२ को भारतीय फिल्मको वार्षिक रिपोर्ट सूचीमा फिल्म ‘केजीएफ २’ बक्सअफिसमा उत्कृष्ट प्रदर्शन गर्ने पहिलो फिल्म बन्न सफल भएको हो ।
साउथ सुपरस्टार यश अभिनित यो फिल्मले १४ अप्रिलमा २.१४ मिलिनियम टिकट बेचेको थियो । जसले फिल्मलाई २०२२ को सबैभन्दा धेरै कमाउने फिल्म बनायो । फिल्मले बाहुबलीको ५ वर्ष पुरानो रेकर्ड समेत तोडेको छ ।
बक्सअफिसमा राम्रो कमाउन सफल फिल्म आरआरआर पनि यो लिष्टको दोस्रो स्थानमा छ । एसएस राजामौलीको फिल्म आरआरआर वर्षको सबैभन्दा धेरै कमाउन सफल फिल्म भएपनि भारतमा टिकट बिक्रिको मामलामा केजिएफ २ भन्दा आरआरआर पछि छ ।
टिकटको आधारमा धेरै कमाउने सूचीमा केजिएफ २ र आरआरआर भन्दा पछि द कस्मिर फाइल्स, पोन्नियन सेल्वान, ब्रह्मास्त्र लगायत फिल्म छन् । यस बाहेक कान्तारा, कात्र्तिकेय, सीता रामम, ७७७ चार्ली फिल्मको नाम पनि त्यो सूचीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण