अमेरिकामा कलाकार त्रिपाठीको महादेव अवतार
कलाकार महादेव त्रिपाठी भगवान महादेवको रुपमा देखिएका छन् । सोमबार अमेरिकाको डेनभर कोलोराडोमा आयोजित एक सांगीतिक कार्यक्रममा उनले भगवान महादेव लगायत विभिन्न गेटअपका आफ्नो प्रस्तुति दिएका हुन् ।
द सुनिल पाठक एजेन्सी अल स्टेट इन्सुरेन्स युएसएद्धारा आयोजित ‘फष्ट एनुअल कल्चर गाला २०२२ इभेन्ट नाइटमा’ कलाकार त्रिपाटीले नेपाली महादेव, लाखे र अन्य केही अवतारमा आफूलाई स्टेजमा प्रस्तुत गर्दै दर्शक रोमान्चित बनेका थिए । नेपाली जादुगरको रुपमा चर्चित त्रिपाठीले उक्त अवसरमा जादु कलाको अलवा नृत्य, गायन र कमेडीका समेत पस्किँदै दर्शक रिझाए ।
त्रिपाठीको जादुमा दंग परेका दर्शक विभिन्न गेटपको कमेडीमा भने पेट मिचिमिची हाँसेका थिए । कार्यक्रममा नेपाल चिनाउने उदेश्यले त्रिपाठीले नेपाली झण्डासहित नृत्य समेत देखाएर सबैलाई नचाउन समेत सफल रहे । यस अगाडि न्युयोर्क, भर्जेनिया, क्यालिफोनिया, डालस लगायतका स्थानमा ‘सुरसुधा कमेडी शो’ मार्फत विभिन्न कार्यक्रम गरेका त्रिपाठी बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ, नमस्ते ग्रुपको संयुक्त आयोजना ‘सुरसुधा कमेडी शो’ का लागि केही अगाडि अमेरिका पुगेका थिए । ‘सुरसुधा कमेडी शो’ कार्यक्रम अमेरिकाको विभिन्न शहरमा ३ महिना चल्ने त्रिपाठीले बताए ।
कार्यक्रमको आयोजक नवराज केसी, पशुपति श्रेष्ठ, गायक राजेश हमाल र निमा शेर्पाले रहेका छन् । कलाकार त्रिपाठीलाई नेपालबाट अमेरिका कार्यक्रमका लागि मनासुलु कलेजले पठाएको हो । ‘सुरसुधा कमेडी शो’ को उदेश्य अमेरिकामा रहेका नेपालीलाई मनोरञ्जन दिलाउँदै अमेरिकाको विभिन्न सहमा नेपाली कलासंस्कृति प्रदर्शन गर्नु र नेपालमा पर्यटन भित्र्याउनु रहेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण