फिजीमा बैनिमारामाको शासन अन्त्य, नयाँ गठबन्धन सरकार गठनको तयारी
फिजियाका विपक्षी दलहरूले प्रधानमन्त्री फ्रान्क बैनिमारामाको करिब १६ वर्षको शासन अन्त्य गर्दै नयाँ गठबन्धन सरकार गठन गर्ने सहमति गरेका छन् । उनको फिजी फर्स्ट पार्टी र सिटिभेनी रबुकाको नेतृत्वमा रहेको प्रतिद्वन्द्वी पिपुल्स एलायन्स गत हप्ताको चुनावपछि गतिरोधमा परेका थिए ।
सरकार गठनका लागि किंगमेकर मानिएको सोसल डेमोक्र्याट लिबरल पार्टी (सोडेल्पा) ले अब रबुकालाई समर्थन गर्ने पक्षमा मत दिएको छ । ‘जनताले परिवर्तनको लागि मतदान गरेका छन् र हामीले उनीहरूलाई त्यो दिएका छौं’, उनले भने।
गठबन्धनको घोषणाको व्यापक क्षेत्रीय महत्व छ । दुवै पक्षले प्रशान्त क्षेत्रमा आफ्नो आर्थिक र कूटनीतिक चासोलाई निरन्तर बढाउँदै लगेको चीनसँगको सम्बन्धलाई चिसो पार्ने इच्छा व्यक्त गरेका छन् । नयाँ गठबन्धनका एक समर्थकले गठबन्धनको मतदानको नतिजा घोषणा भएपछि भने, ‘यो दमनकारी सरकारको १६ वर्ष भइसक्यो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण