साम्राज्ञीले भनिन्, ‘सानै थिएँ, के बोलेँ याद भएन’
पछिल्लो समयकी हिट अभिनेत्री हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । डेब्यु फिल्म ‘ड्रिम्स’ बाटै रातारात हिट भएकी शाहलाई फिल्ममा लिन निर्माता निर्देशकको भिड लाग्ने गर्छ । नयाँ निर्देशकदेखि नायकसँग काम गर्न रुचाउने उनले अनमोल केसी, सलिनमान बनियाँ, पुष्प खड्कादेखि जीतु नेपालसँम्म गरेर थुप्रै हिरोसँग काम गरिसकेकी छिन् ।
फिल्म ‘लण्डन टू पेरिस’ उनी नव अभिनेता निश्चल खड्कासँग देखिँदैछिन्, भने ह्यारीकी प्यारीमा हास्य कलाकार जीतु नेपालसँग देखिँदैछिन् । त्यसैले पनि साम्राज्ञी आफूलाई स्टार नायकले बनाएको भन्दापनि आफूले स्टार नायक बनाएको तर्क गर्छिन् । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को प्रदर्शन समय प्रचार प्रसारका लागि पोखरा पुगेकी उनले आफूले स्टार जन्माएको धारणा राखेकी थिइन् ।
तर, मंगलबार फिल्म ‘तिम्रो मेरो साथ’ को पत्रकार सम्मेलनमा भने उनले यो कुरो बोलेको थिएँ र भन्दै आनाकानी गरिन् । कार्यक्रममा पत्रकारले उनलाई स्टार जन्माएको विषय बोलेको कुरा स्मरण गराएका थिए । तर उनले आफूले १६–१७ वर्षको उमेरमा के के बोलेको भन्दै त्यो कुरा नै बिर्सिएको बताइन् । उनले भनिन्, ‘मैले त्यत्रो त्यो कुरा गरेँ र ? ओहो त्यो बेलामा म सानै थिएँ । यसैले के के भनेँ होला । तर, अहिले मलाई यो कुरा यादै छैन ।’
कार्यक्रममा उनले फिल्म ‘तिम्रो मेरो साथ’ ले राम्रो बनेकोले दर्शकको मन जित्ने विश्वास व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण