कांग्रेसका सांसदलाई दीपकको कटाक्ष : घाँस खान छाडेर परालतिर जान्छ कोही ?
बुधबार, ०६ पुस २०७९, २१ : ३५
नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा चुनिएका छन् । बुधबार गरिएको दलको नेता चयन निर्वाचनमा प्रतिस्पर्धी गगन थापाले २५ मत प्राप्त गर्दा देउवाले ६४ मत पाएका थिए । सामाजिक सञ्जालमा यो विषयलाई लिएर विभिन्न खालको टीकाटिप्पणी भैरहेका छन् ।
यसैबीच, समसामयिक विषयमा टीकाटिप्पणी गर्न माहिर कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यो विषयमा कटाक्ष गरेका छन् । उनले लेखेका छन्, ‘सरकार र शक्ति भनेको घाँस हो । परिवर्तन भनेको पराल हो । घाँस खान छाडेर परालतिर जान्छ कोही ?’
दीपकले कांग्रेसका सांसदहरु घाँस खान छाडेर परालतिर नजाने भन्दै व्यङ्ग्य गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण