शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२३’ छानिने

बिहीबार, ०७ पुस २०७९, १४ : ५६
बिहीबार, ०७ पुस २०७९

‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२३’ छानिने भएको छ । आयोजक सिजन मिडियाले प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको हो ।

विवाहित महिला केन्द्रित प्रतियोगीता महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाककला तथा  नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप उपयोगिताबारे मार्ग निर्देशन दिँदै सक्षम र जिम्मेवार महिलाको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले आयोजना हसन लागेको हँुदै आएको आयोजक सिजन मिडियामा प्रवन्ध निर्देशक प्रदीपराज वन्तले बताए ।

प्रतियोगीताको यो संस्करणमा उपत्यका र उपत्यका बाहिरबाट गरेर जम्मा २० जना प्रतियोगी समावेश गराइनेछ । पहिलो चरणको छनौट कार्यक्रम आगामी पुसको दोस्रो साता हुनेछ । प्रारम्भिक चरणमा छानिएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा व्यक्तित्व विकास, वक्तित्व कला, शारारिक फिटनेश, जुम्वा, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, टेवल म्यानर सम्वन्धि प्रशिक्षण साथै महिला अधिकार सम्वन्धी ज्ञान सिप प्रदान गरिनेछ ।

प्रतियोगिताका विजेताले ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२३’ शिर्ष उपाधिका साथमा विभिन्न उपहार र थाइल्याण्ड भ्रमणका हवाई टिकट समेत जित्न सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप