‘अमिताभ बच्चन झैँ क्षमतावान् छैनन् अभिषेक,’ तसलिमा नसरिन; अभिषेक बच्चनले दिए यस्तो जवाफ
बंगलादेश मूलकी लेखिका तसलिमा नसरिनले अभिषेक बच्चन आफ्ना पिता अमिताभ बच्चन झैँ क्षमतावान् नभएको भनी टिप्पणी गरेकी छिन् । यसको जवाफमा अभिषेकले तसलिमाको समर्थन गरेका छन् ।
तसलिमा नसरिन सोसल मिडियामा निर्धक्क बोल्ने आफ्नो शैलीका लागि परिचित छिन् । हालै उनले लेखेकी छिन्, ‘अमिताभ बच्चन जी आफ्ना छोरा अभिषेक बच्चनसँग यति प्रेम गर्छन् कि उनलाई लाग्छ कि उनका छोराले उनको सबै क्षमता जन्मजात पाएका छन् र उनी उत्कृष्ट छन् । अभिषेक ठिकै छन् तर अमित जी जत्तिको क्षमतावान् छैनन् ।’
यसमा अभिषेकले जवाफ दिएका छन्, ‘बिल्कुल सही, म्याम । क्षमता वा कुनै पनि चिजमा उनको नजिक कोही पनि आउन सक्दैन । उनी सधैँ उत्कृष्ट रहिरहनेछन् । मलाई उनको छोरा हुनुमा गर्व छ । ’
सुनिल शेट्टीले अभिषेकको यो पोस्टमा मुटुको इमोजी पोस्ट गरेका छन् ।
अभिषेक बच्चनको यो जवाफमा धेरैले उनको तारिफ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण