नयाँ वर्षको कार्यक्रममा भाग लिन गायिकाले आफूलाई गराइन् कोरोनाबाट सङ्क्रमित
चीनकी ३८ वर्षीया गायिका जेन झाङले आउँदो नयाँ वर्षको पार्टीको मजा लिन सकोस् भनेर जानाजानी आफूलाई कोरोना सङ्क्रमण गराएकी छन्। चीनमा फेरि कोरोनाको खतरा बढ्दै गएको देखेर झाङले आफूलाई कोरोनाको सङ्क्रमण पहिल्यै गराएकी हुन् । नयाँ वर्षसम्ममा उनी यसबाट निको भई आफूमा एन्टिबडी विकास गर्न सकोस् भनेर उनले यस्तो गरेकी हुन् । उनले आफ्नो सामाजिक सञ्जालमा यो जानकारी दिएकी हुन् ।
झाङले सामाजिक सञ्जालमा आफूले जानाजानी कोरोना सङ्क्रमित भएको खुलासा गरेकी थिइन् । झाङले लेखेकी छिन्- 'नयाँ वर्षको प्रदर्शनमा मेरो स्वास्थ्य बिग्रन सक्छ भन्ने चिन्तामा थिएँ, त्यसैले मैले कोभिड पोजेटिभ भएका मानिसहरूलाई भेटेँ किनभने मसँग अहिले भाइरसबाट निको हुने समय छ।'
झाङ कोभिड सङ्क्रमित व्यक्तिको घरमा गएको बताइएको छ । भाइरसबाट सङ्क्रमित भएपछि उनलाई ज्वरो, टाउको दुख्ने र घाँटी दुख्ने समस्या देखिएको थियो । अहिले उनको स्वास्थ्यमा सुधार आइसकेको छ ।
यो समयमा चीनमा कोरोनाको सातौँ लहर आएको छ । यसको बीएफ.७ भेरियन्ट निकै खतरनाक साबित भइरहेको छ। लन्डनस्थित ग्लोबल हेल्थ इन्टेलिजेन्स कम्पनी एयरफिनिटीका अनुसार चीनमा हरेक दिन १० लाख कोरोनाका केसहरू प्राप्त भइरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण