दुई किलोग्राम युरेनियमसहित बाराबाट तीन जना पक्राउ
बारा जिल्लाको पथलैया बिरगंज सडकखण्ड अन्तर्गत जीतपुर स्थित एक होटेलबाट दुई किलोग्राम युरेनियमसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ परेको छ । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ को जितपुर स्थित आदित्य होटेलबाट शनिवार साँझ सशस्त्र प्रहरीटोलिले युरेनियम सहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल र नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल १२ नम्बर गण हेक्वा मातहत सशस्त्र बेस क्याम्प जीतपुरको टोलीले युरेनियमसहित उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडामगरले बताएका छन् ।
पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका ७ का रबि चौधरी, ५ का ३० वर्षीय सागर चौधरी र रौतहट माधव नारायण नगरपालिका २ का २२ वर्षका बृज सहनी रहेको सशस्त्र प्रहरी बाराका प्रवक्ता अमरबहादुर खत्रीले जानकारी दिए । युरेनियम जस्तै देखिने बस्तुसहित उनीहरुलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बाराले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण