चीनको स्वास्थ्य आयोगले अबदेखि दैनिक कोभिड तथ्याङ्क सार्वजनिक नगर्ने
विगत तीन वर्षदेखि देशमा दैनिक कोभिड १९ को तथ्याङ्क सार्वजनिक गर्दै आएको चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले आइतबारदेखि यस्तो तथ्याङ्क जारी नगर्ने जनाएको छ ।
‘सन्दर्भ र अनुसन्धानको लागि चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सान्दर्भिक कोभिड जानकारी मात्र प्रकाशित गर्नेछ’, एनएचसीले एक विज्ञप्तिमा भनेको छ । परिवर्तनको कारण र सीडीसीले कोभिड जानकारी कति पटक अपडेट गर्नेछ भन्ने बारेमा भने केही उल्लेख गरेको छैन ।
चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ ।
डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
-
नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण