बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

तुनिषा शर्माको मृत्युको मामिलामा मुम्बई प्रहरीले भन्यो, ‘अभिनेत्रीले ब्रेकअपका कारण गरिन् आत्महत्या ’

आइतबार, १० पुस २०७९, १५ : ४०
आइतबार, १० पुस २०७९

टिभी अभिनेत्री तुनिषा शर्माको मृत्युको मामिलामा मुम्बई प्रहरीले उनले ब्रेकअपका कारण आत्महत्या गरेको बताएको छ ।

मुम्बई प्रहरीका एसिपी चन्द्रकान्त जाधवले टिभी अभिनेत्री तुनिषा शर्माको मृत्युको मामिलामा उनको शीजान खानसँग प्रेम सम्बन्ध रहेको र उनीसँग ब्रेकअप भएपछि उनले आत्महत्या गरेको बताएका छन् ।

उनले भने, ‘तुनिषा शर्मा एक टिभी कार्यक्रममा अभिनय गरिरहेकी थिइन् । १५ दिनअघि उनको ब्रेकअप भएको थियो, त्यसपछि तुनिषाले आफ्नो शोको सेटमा आत्महत्या गरिन् ।’

तुनिषाकी आमाले उजुरी दिएको एसीपी चन्द्रकान्त जाधवले बताए । उनको उजुरीका आधारमा शीजानलाई पक्राउ गरी अदालतमा पेश गरिएको छ ।


उनले शीजानलाई चार दिनको प्रहरी हिरासतमा राखिएको बताए । पोष्टमार्टम रिपोर्टमा तुनिषाको मृत्यु झुण्डिएर भएको स्पष्ट लेखिएको छ ।

यसअघि टिभी अभिनेत्री तुनिषा शर्माको मृत्युको सम्बन्धमा वालिव प्रहरीले सह–कलाकार शीजान खानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप