मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आइतबार, १० पुस २०७९, २० : ३८
आइतबार, १० पुस २०७९

आज २०७९ पुस १० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा बालुवाटारबाट बाहिरिएर बालकोट पुगेपछि प्रचण्ड बने प्रधानमन्त्री, संघसहित सातै प्रदेशमा कांग्रेस अब प्रतिपक्षमा, बालुवाटार सेलाएपछि बालकोट तात्यो, गठबन्धन टुटेपछि माधव नेपालको पार्टी अलमलमा, कांग्रेसले गठबन्धन टुटाएको प्रचण्डको आरोप, लोसपा प्रतिपक्षमै रहने, अनिर्णयको बन्दी नबन्ने राप्रपाको निर्णय लगायत छन् ।

१. बालुवाटारबाट बाहिरिएर बालकोट पुगेपछि प्रचण्ड बने प्रधानमन्त्री
आइतबार बिहान बालुवाटारमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा भागबण्डाबारे कुरा नमिलेपछि बाहिरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अन्ततः एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री बन्न सफल भएका छन् । कांग्रेससँग शक्ति बाँडफाँटमा कुरा नमिलेपछि प्रचण्ड बालकोटस्थित केपी शर्मा ओलीको निवासमा पुगेका थिए । एमाले अध्यक्ष ओलीकै निवासमा राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा लगायत दलका शीर्ष नेताहरुको बैठकले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन जनाउने निर्णय गरेको थियो । 

​२. संघसहित सातै प्रदेशमा कांग्रेस अब प्रतिपक्षमा
आफ्नो नेतृत्वमा रहेको गठबन्धनलाई जोगाउन नसकेपछि नेपाली कांग्रेस अब संघसहित सातै प्रदेशमा प्रतिपक्षको भूमिकामा सीमित हुने भएको छ । माओवादी केन्द्रले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितका दलको सहयोगमा सरकारको नेतृत्व गर्ने भएसँगै कांग्रेसले संघ तथा प्रदेशहरुमा प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

​३. बालुवाटार सेलाएपछि बालकोट तात्यो
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धन बैठकमा भागबण्डाको विषयमा सहमति नजुटेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा दलहरूको छलफलले नयाँ सरकार गठन गर्ने सहमति जुटाएको छ । सत्ता गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोटमा ओलीलाई भेट्न पुगेपछि नयाँ समीकरण निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप