लुम्बिनी प्रदेशमा यसरी बन्नेछ नयाँ सरकार
संघीय सरकार निर्माणमा भएको पछिल्लो सहमति अनुसार एमाले–माओवादी समीकरणको सरकार बनाउन लुम्बिनी प्रदेशमा पनि सहज हुने भएको छ । कुल ८७ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेशमा बहुमत पुर्याउन कम्तीमा ४४ सांसद आवश्यक पर्छन् ।
लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ । उसका २९ सांसद छन् भने दोस्रो ठुलो दल नेपाली कांग्रेसका २७ सांसद छन् । माओवादी केन्द्रका ९, जनता समाजवादी पार्टीका ३ राप्रपा ४ नागरिक उन्मुक्ति ४ र जनमत पार्टीका ३ तथा स्वतन्त्र ३ जना छन् ।
यसरी साना दलले पनि समर्थन गर्ने भएपछि एमाले–माओवादी समीकरणको सरकार बन्दा कम्तीमा ५२ सांसद पुग्नेछन् । यसरी एमाले माओवादी समीकरण बन्दा सहजै नयाँ सरकार बन्ने भएको छ । स्वतन्त्र पार्टीबाट विजयी भएका ३ जना पनि माओवादी केन्द्रबाट विद्रोह गरेर जितेका सांसद हुन् । यी ३ जनाले पनि सरकारलाई समर्थन गरेमा एमाले माओवादी समीकरणको नयाँ सरकारमा ५५ जना सांसद पुग्नेछन् ।
लुम्बिनी प्रदेशमा कांग्रसले भने सरकार बनाउन कठिन छ । उसले एमाले र माओवादीबाहेकका सबै साना दलको साथ लिनुपर्नेछ । तर साना दलले पनि एमाले माओवादी समीकरणलाई नै साथ दिनेभएपछि कांग्रेस संकटमा पर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
-
बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
-
विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता
-
नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित
-
कम्युनिस्टहरूलाई किन गाली गर्दैछन् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण