बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् शीतल निवासको शपथ

सोमबार, ११ पुस २०७९, १६ : ५७
सोमबार, ११ पुस २०७९

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।  सोमबार प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदको शपथग्रहण गरेका हुन् ।  अध्यक्ष दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गरे । 

त्यस्तै मन्त्रीहरू मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरे ।  ८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद उपप्रधान एवं गृह मन्त्रालय रवि लामिछानेले सम्हाल्नेछन् ।

 मन्त्रीहरूमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेपनि पनि मन्त्रालय भने तोकिएको छैन । राष्ट्रपति भवन शीतलनिवासमा भएको शपथग्रहणमा प्रधानमन्त्री दाहालपछि त्रयः उपप्रधानमन्त्री र त्यसपछि मन्त्रीहरूले शपथग्रहण गरेका हुन् । 
शपथग्रहण समारोहका तस्बिरहरु हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप