आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस लुम्बिनी प्रदेशको बैठक : नेतृत्वको अदूरदर्शिताका कारण सत्ताबाट बाहिरिनु  पर्‍यो

सोमबार, ११ पुस २०७९, १८ : २३
सोमबार, ११ पुस २०७९

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले अहिलेको परिस्थिति आउनुमा नेतृत्वको कमजोरी  भएको ठहर  गरेको छ । सोमबार बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समितिको बैठकले यस्तो ठहर गरेको हो । 

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको सभापतित्वमा बसेको बैठकले नेतृत्वको अदूरदर्शिताका कारण पार्टीले राष्ट्रको बागडोर समाल्ने अवसरबाट वञ्चित भएको ठहर गरेको छ । बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरी महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको संसदीय दलको विधान निर्माण उपसमिति बनाएको छ ।

प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति पनि निर्माण गरेको छ । संसदीय दलको निर्वाचन शपथ ग्रहण लगतै तय हुने लुम्बिनी कांग्रेसले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप