तराईमा हुस्सु, हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश एक, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु लागेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश एकको हिमाली भू-भागमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ ।
देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सु लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
कैलाश चौधरी सुदूरपश्चिममा फेरि मन्त्री बन्ने
-
भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
-
‘सकम्बरी’ मोडल कुसुम शर्माले गरिन् इन्गेजमेन्ट