‘चि मुसी चि’ को गीतमा किन निरास प्रियंका ?
‘चि मुसी चि’ आगामी २२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिँदो गर्दा निर्माण युनिटले ‘कथा’ बोलको एक गीत सार्वजनिक गरेको छ ।
गायिका डा. त्रिशला गुरुङको स्वर, रोहित शाक्य, बिराज गौतमको संगीत रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीलाई प्राथमिकतामा राखिएको छ । उनी निराश मुद्रामा देखिएकी छिन्, भने आयुष्मान देशराज जोशी उनको साहरा बनेका छन् । प्रियंका र आयुष्मानको अलवा गीतमा ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा पनि देख्न सकिन्छ ।
एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रवीन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल र विभुती नेपाल लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ । फिल्म हरर जनरामा निर्माण भएको हो ।
मर्ण जेम्स र यश सैनीले मिलेर निर्माण गरेका फिल्ममा नेपाली र बलिउड प्राविधिकले काम गरेका छन् । दर्शकले केही फरक र नयाँपन महसुस गर्ने निर्माण टिमको विश्वास छ । रिञ्जु केसी निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता अरुण चक्रावर्ती हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण