नेपाली कांग्रेस कपिलवस्तुमा भाँडभैलो, एकले अर्कोलाई कारबाही सिफारिस
मंसिर ४ को निर्वाचनमा कपिलवस्तुमा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएपछि एकले अर्कोलाई कारबाहीको सिफारिस गर्ने होड चलेको छ । गठबन्धन गरेर निर्वाचनको मैदानमा गए पनि कपिलवस्तुमा अपेक्षित परिमाण ल्याउन नसकेपछि नेपाली कांग्रेसभित्र एकले अर्कालाई हराएको आरोप लगाउँदै कारबाहीको सिफारिस गर्दा पार्टीमा नेताहरूबीचको विवाद छताछुल्ल बाहिर आएको हो ।
कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा पराजित नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाहले जिल्ला सभापति अब्दुल कलामलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न माग गरेका छन् । सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै शाहले जिल्ला सभापतिसहित १२ जना नेतालाई कारबाही गर्न माग गरेका हुन् ।
शाहले लेखेको पत्रमा जिल्ला उपसभापति हुमकान्त खनाल, जिल्ला सचिव प्रेमबहादुर रायमाझी, क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, जिल्ला प्रवक्ता ईश्वरी पाण्डे, जिल्ला सदस्य हरिप्रसाद पोख्रेललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग गरिएको छ । ०६४ देखि लगातार चुनाव जित्दै आएका शाह ५ दलीय गठबन्धनको साथ पाएर पनि हारेपछि दलकै नेताहरूको असहयोगले चुनाव जित्न नसकेको बताउँदै आएका छन् ।
निर्वाचनपछि कांग्रेस कपिलवस्तुमा एक पक्षले अर्को पक्षलाई आरोप लगाएर भाँडभैलो मच्चिएको हो । यसअघि कपिलवस्तुको क्षेत्रीय समितिले उनै शाहलाई निलम्बन गरेको विज्ञप्ति बाहिर आएको थियो । क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्यायले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा शाहलाई निर्वाचनमा अन्तरघात गरेको ठहर गर्दै साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्न जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई सिफारिस गरेको थियो ।
विज्ञप्तिमा शाहसहित ७ जनालाई कारवाहीको माग गरिएको छ । कपिलवस्तुमा प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ ६ क्षेत्र रहेकोमा नेपाली कांग्रेसभित्रको घात अन्तरघातले गर्दा संघमा १ र प्रदेशसभामा १ सिटमा चित्त बुझाउनु परेको छ । गठबन्धनको बलियो साथ हुँदाहुँदै पार्टीभित्रको विवादले पराजित हुनु परेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
-
राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण