आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

मृत भेटिएकी युवतीको प्रहरीले जाहेरी लिन नमानेको गुनासो

मङ्गलबार, १२ पुस २०७९, १७ : ०३
मङ्गलबार, १२ पुस २०७९

रुपन्देहीमा मृत भेटिएकी युवतीको प्रहरीले जाहेरी लिन नमानेको आफन्तले गुनासो गरेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १३ भैरहवा हाटबजार कोठा भाडामा लिई बस्ने प्युठान नगरपालिका–५ जुम्रिकाँढा पूर्णगाउँकी २२ वर्षीय लालमती खत्री क्षेत्री आफ्नै कोठामा मृत फेला परेपनि प्रहरीले जाहेरी लिन नमानेको आफन्तले गुनासो गरेका छन् ।

कोठामा झुण्डिएको अवस्थामा फेला परेको आठ दिन हुँदा पनि उनको हत्या वा आत्महत्या भन्नेबारे  अनुसन्धान नभएको आफन्तले बताएका छन् । मृतकका परिवारले हत्या भएको भन्दै भैरहवाकै एक युवाको नाममा लिखित जाहेरी दिएका छन् ।

उनका दाइ टेकराज केसीले बहिनीले आत्महत्या नगरेको भन्दै आठ दिनदेखि बहिनीको न्यायको खोजीमा आफू भौँतारिएका बताए। उनले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ रुपन्देहीका ३० वर्षीय जोर्डन विक्रम श्रेष्ठको नाममा किटानी जाहेरी दिएपनि प्रहरीले नलिएको गुनासो गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप