आरआर क्याम्पसमा खुकुरी हानेको आरोपमा ४ जना पक्राउ
बुधबार, १३ पुस २०७९, १० : ४८
प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप हुँदा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन् ।
क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अर्को समूहको बीचमा झडप भएको क्याम्पस इकाइमा आबद्ध विद्यार्थीहरूले बताएका छन् ।
खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । पक्राउ पर्नेमा कृष्ण गिरि, झलक तामाङ, द्रुतराज लामा र सविन निरौला छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण