‘सर्कस’ फ्लप भएपछि सङ्कटमा रणवीर
पछिल्लो वर्ष ‘८३’ पछि रणवीर सिंहका लगातार तीन चलचित्र फ्लप भएको छ । उनको पछिल्लो चलचित्र ‘सर्कस’ बक्स अफिसमा जम्न सकेन । चलचित्रले पहिलो हप्ताको अन्त्यमा मात्र २० करोड भारुको आम्दानी गर्न सकेको छ ।
रणवीरको चलचित्र फ्लप हुन थालेपछि ट्रेड एनालिस्टहरु दुई समूहमा विभाजित बनेका छन् । एक समूह रणवीरको ‘स्टार पावर’ घटेको बताउँछन् भने दोस्रो समूह रणवीरको खराब समय चलिरहेको र चाँडै आफ्नो लयमा फर्कने बताउँछन् ।
ट्रे एनालिस्ट तरण आदर्श भन्छन्, ‘रणवीरले गुन्डे, पद्मावत, बाजीराव मस्तानीजस्ता हिट चलचित्र दिएका छन् । यी चलचित्रपछि सिम्बा र गली ब्वाईजस्ता हिट चलचित्रहरू आए । तर, त्यसपछि ८३ फ्लप भयो भने जयेशभाई जोरदारको अवस्था त्योभन्दा खराब रह्यो । सर्कसले पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । रणवीरका पछिल्ला तीन शुक्रबार राम्रो रहेन । ८३ मानिसहरूलाई वृत्तचित्र जस्तो लाग्यो, जयेशभाई जोरदारलाई कसैले रुचाइएन भने सर्कस राम्रो चलचित्र बनेको थिएन । दर्शकले सर्कसको ट्रेलरबाट नै निराश थिए । दर्शकलाई शायद रणवीरको सिम्बावाला छवि चाहिएको छ ।’
तरण अगाडि भन्छन्, ‘अर्को कुरा रणवीर ओभर एक्सपोज्ड भएका छन् । उनले आफूलाई फ्यानका सामु केही गोपनीयता राख्नुपर्छ । रनबीर कपुरलाई हेर्नुभयो भने ब्रम्हास्त्रपछि उनलाई देखिएकै छैन । रणवीरको फेसनले समस्या खडा गरेको छ । मानिसहरू स्टारलाई हेर्न चाहन्छन्, कमेडियनलाई होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण