बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

तुनिषा आत्महत्या प्रकरण : शिजनले अर्की केटीसँग डेट गरिरहेको प्रहरीको भनाई

बुधबार, १३ पुस २०७९, १६ : ३१
बुधबार, १३ पुस २०७९

टिभी अभिनेत्री तुनिषा शर्मा आत्महत्या प्रकरणमा पक्राउ परेका शिजन मोहम्मद खानको अर्की प्रेमिका रहेको खुलासा भएको छ । प्रहरीले खानको अर्की प्रेमिका फेला पारेको बताएको हो । 

प्रहरीले उनलाई अहिलेसम्म सोधपुछ गरेको छैन । प्रहरीले पहिले तुनिषाको परिवारलाई सोधपुछ गर्नेछ । त्यसैगरी तुनिषाकी आमा विनिता शर्माको बयान पनि लिइनेछ । तुनिषाले २४ डिसेम्बरमा सुटिङ सेटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । 

तुनिषाले आत्महत्या गरेको केही घण्टापछि उनकी आमाको उजुरीको आधारमा उनको सहकलाकार शीजान मोहम्मद खानलाई प्रहरीले पक्राउ गरेको थियो । आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेपछि शिजनलाई चार दिनको प्रहरी हिरासतमा पठाइएको छ ।

वलीव पुलिसले शीजनको फोनबाट व्हाट्सएप च्याट र रेकर्डिङहरू रिट्रभ गरेको छ। उनीहरूले सबै च्याट स्क्यान गरेका छन् । शिजन र तुनिषाबीच भएको कुराकानीमा प्रहरीले केही गलत वा शंकास्पद कुरा फेला पारेन । तर, प्रहरीले अहिलेसम्म तुनिषाको फोन अनलक गरेका छैनन् ।
प्रहरीमा बयानका क्रममा शिजनले पटक–पटक बयान फेर्दै आएको स्रोतको दाबी छ । 

यसबारे कुरा गर्दै उनले थपे, ‘शिजनका सबै बयान क्यामेरामा रेकर्ड भइरहेका छन् । ब्रेकअपको कारण सुरुमा धर्ममा मतभेद भएको कुरा गरेका थिए । पछि शिजानले अहिले आफ्नो करियरमा ध्यान केन्द्रित गर्न चाहेको भन्दै तुनिषासँग ब्रेकअप गरेको दाबी गरिरहेका छन् ।’ प्रहरीले शिजनको म्याद थप गर्न आज अदालतमा निवेदन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप