बोर्डको सशक्तीकरण समितिमा पूजा नियुक्तिको विरोध
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी फेरि विवादमा मुछिएका छन् । बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा पूजा शर्मालाई नियुक्त गरेपछि उनी फेरि विवादमा फसेका हुन् ।
महिला चलचित्रकर्मीहरूमाथि हुन सक्ने लैङ्गिक हिंसा र शोषण र विभेद विरुद्ध काम गर्ने समितिमा शर्माको नियुक्तिको अहिले आलोचना भइरहेको छ । बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा शर्मालाई पुस ८ मा बोडले सदस्यमा नियुक्त गरिएको थियो ।
बोर्डमा पूजा नियुक्त भएको पत्र बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि बोर्डको नियुक्तिको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । बलात्कार पीडित गायिकाविरुद्ध मिडिया र सामाजिक सञ्जालमा सक्रिय हुँदै बलात्कारका आरोपी पल शाहको पक्षमा पटक पटक उभिएकी शर्मालाई किन महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा ? जस्ता विभिन्न प्रश्न बोर्ड तथा अध्यक्ष भुवनलाई उठाइएको छ ।
नाबालिग गायिकामाथि शाहले बलात्कार गरेको जाहेरी परेपछि पनि शर्माले सार्वजनिक रूपमै ‘पल मेरो मुटुमा छ’ भन्दै उनको पक्षमा वकालत गर्दै उनले पीडित नाबालिगलाई ह्यारेसमेन्ट समेत गरेकी थिइन् ।
बलात्कारको मुद्दामा पीडित बालिकालाई होस्टाइल गर्दै पल शाहको पक्षमा उभ्याउने प्रयास समेत गरेकी शर्मा आरोपित शाह पुर्पक्षका लागि थुनामा परेपछि पनि युट्युवरहरुमार्फत उनको रिहाइ र मुद्दा प्रभावित पार्ने कार्यमा समेत देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण