पठानका केहि दृश्य र गीत ‘बेशराम रंग’ परिवर्तन हुने
शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ का केहि दृश्य र गीत ‘बेशराम रंग’ परिवर्तन गरिने भएको छ । सेन्ट्रल बोर्ड फर फिल्म सर्टिफिकेशन (सीबीएफसी) ले बिहीबार फिल्म निर्मातालाई परिवर्तनका लागि केही सुझाव दिएको हो । ‘फिल्म रिलिज अगाडि हामीलाई परिमार्जित संस्करण बुझाउन निर्मातालाई आग्रह गरेका छौं’ पठान विवादका बिषयमा सीबीएफसीका अध्यक्ष प्रशुन जोशीले भने ।
फिल्म नजिकबाट हेरेपछि सेन्सर बोर्डले यस्तो सुझाव दिएको हो । सीबीएफसीका अध्यक्ष जोशीले सेन्सर बोर्डले सधैं रचनात्मकता र दर्शकको संवेदनशीलताबीच सन्तुलन कायम राख्ने बताए । फिल्म २५ जनवरीमा चलचित्र घरमा रिलिज हुँदैछ । ‘पठान’ विवादमा फिल्मको ‘बेशरम रंग’मा गीतमा दीपिकाले भगवा बिकिनी पनि हो । फिल्मको ओटीटी राइट्स करिब १०० करोडमा बिक्री भएको छ । विवादका बीचमा पनि ‘बेशरम रंग’ गीतले २ हप्तामा १५ करोड भ्युज पाएको छ ।
‘पठान’ मार्फत शाहरुख करिव ४ वर्षपछि ठूलो पर्दामा फर्किएका हुन् । शाहरुख यसअघि २०१८ मा फिल्म ‘जिरो’ मा देखिएका थिए । २५० करोड फिल्म निर्माणमा निर्माताले लगाएका छन् । ‘पठान’ लाइ गुजरातमा प्रतिबन्ध लगाउन माग गरिएको छ । विश्व हिन्दू परिषद र बजरंग दलले फिल्म गुजरातमा रिलिज भएमा कुनै अप्रिय घटना भएमा थिएटर मालिक जिम्मेवार हुने बताएका छन् ।
उनीहरु भन्छन्, ‘फिल्मको गीतलाई अश्लीलतासँग केसर जोडेर ‘बेशराम रंग’ नाम दिइएको छ । यो गीतले बलिउडको विकृत हिन्दू विरोधी मानसिकता देखाएको छ । हामी यी दृश्यहरू सहितको फिल्म गुजरातमा रिलिज हुन दिँदैनौं । –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण