शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

शुक्रबार, १५ पुस २०७९, ०६ : ३०
शुक्रबार, १५ पुस २०७९

गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्छन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । 

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ ९बाघ वर्ग० को बिदाइ गर्दै ’हि ल्हो’ ९बिरालो वर्ग० को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् ।

 यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

साथै नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् । तर, उनीहरुले मनाउने ल्होसारको नाम भने फरकफरक छ । तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ।

सरकारले तमु ल्होसारको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप