भुमिकास्थान नगरपालिकामा ६ सय ३३ जनाले पाए अपाङ्गता परिचयपत्र
शुक्रबार, १५ पुस २०७९, ०९ : २०
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा ६ सय ३३ जनाले अपांगता परिचयपत्र प्राप्त गरेका छन् । अपांगता भएकालाई नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले अपांगता परिचयपत्र वितरण गरेको हो ।
परिचयपत्र प्राप्त गरेका ३२ पुरुष र २१ महिला गरी ५३ मध्ये चार जनाले ‘क’ वर्गको परिचयपत्र पाएका छन् । ३८ जनाले ‘ख’ वर्गको, पाँच जनाले ‘ग वर्गको र ६ जनाले ‘घ’ वर्गको परिचयपत्र प्राप्त गरेका छन् ।
उपमेयर बालकृष्ण बन्जाडेले अशक्त अपांग भुमिकास्थान–३ का दिपक बन्जाडे र नरहरी पौडेललाई ‘क’ वर्गको रातो कार्ड (परिचयपत्र) वितरण गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् ।
वडाले गरेको सिफारिस तथा अन्य अपांगता खुल्ने कागजात र नागरिकको प्रत्यक्ष उपस्थितिमा परिचयपत्र वितरण गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शान्ता आचार्यले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण