कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र
कर्णाली प्रदेशको नेतृत्वका लागि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले दाबी गरेका छन् । दुवै पार्टीले बुधबार प्रदेशसभा संसदीय दलको नेताको टुङ्गो लगाएका छन् । दुवै पार्टीले आ–आफ्नो नेतृत्वको प्रदेश सरकार गठन गर्न कसरत सुरु गरेका छन् ।
कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पार्टी प्रदेशसभामा दोस्रो ठूलो दल भएकाले माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने जिकिर गरे । उनले भने, “नयाँ सत्ता समीकरणका हिसाबले कर्णालीमा माओवादी एमालेभन्दा ठूलो छ । त्यस आधारमा पनि परिणामतः मुख्यमन्त्री माओवादीले नै पाउनु पर्छ ।” प्रदेशस्तरमा सहमति नजुटेकाले केन्द्रको निर्णय कुर्नैपर्ने देखिएको शर्माले बताए।
कर्णाली प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले सत्ता समीकरणका हिसाबले यसपटक कर्णालीमा सरकारको नेतृत्व एमालेले नै गर्ने बताए । “यहाँ दुवै दलबीच सहमति गरेर सरकारको नेतृत्व आफूले लिने प्रयास त हुने नै भयो”, उनले भने, “यहाँ हुने कुराले सजिलै निचोड दिने अवस्था नआउँदा अन्ततः केन्द्रकै निर्देशनानुसार सरकार बन्ने देखिन्छ ।”
यसअघिको गठबन्धन तोडिएपछि कर्णाली प्रदेशमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा बस्ने पक्का भएको छ । चालीस सदस्यीय प्रदेशसभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० तथा नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र एक–एक प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्र र एमाले मिल्दा मात्र पनि कर्णालीमा बहुमतको सरकार बन्ने अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण