बुटवलमा चौथो सडक खाना महोत्सव शुरु
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा चौथो ‘बुटवल सडक खाना महोत्सव’ २०७९ सुरु भएको छ । ‘अतिथि देवो भव, नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवर्द्धन र रोजगारीको सिजना हाम्रो अभियान’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो ।
सडक खाना महोत्सवले बुटवलको कालिका पथ सजिएर मनमोहक बनेको छ । महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुग्ने विश्वास लिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमले बताए ।
बुटवल–९ कालिका पथको तिनकुनेदेखि उत्तरतर्फ नयाँ बसपार्क सम्मको सडकमा पुस १७ गतेसम्म खाना महोत्सव सञ्चालन हुने छ । महोत्सवको पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्माले शुभारम्भ गरेका हुन् । उनले मुलुकमा व्यवस्था बदलिएकोले अब जनताको अवस्था बदल्नका लागि आर्थिक प्रगति गर्नुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री लिला गिरी, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, पर्यटन विकास परिषद लुम्बिनी प्रदेशका निर्देशक रामु जोशी लगायतको उपस्थिति थियो ।
महोत्सवमा यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुबाट उत्पादित विभिन्न परिकारहरुका साथै जिल्लाभित्र र बाहिर विभिन्न जातजातिका खानाका परिकारको राखिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने महासचिव माधवकुमार खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण