फेब्रुअरीमा विवाह गर्दै सिद्धार्थ-कियारा
सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले फेब्रुअरीको पहिलो साता विवाह गर्ने भएका छन् । विभिन्न मिडिया रिपोर्टहरूमा विवाह स्थलदेखि विवाह मितिसम्म, हरेक दिन नयाँ अपडेटहरू आइरहेका छन् ।
ईटाइम्समा नयाँ रिपोर्ट अनुसार सिद्धार्थ र कियारा फेब्रुअरी ६ मा विवाह गर्नेछन्, जबकि विवाह पूर्वका समारोह फेब्रुअरी ४ र ५ मा आयोजना हुनेछ। जहाँ उनका नजिकका आफन्त र परिवारका सदस्यहरू सहभागी हुनेछन् ।

मिडिया रिपोर्टको विश्वास गर्ने हो भने कट्रिना र विक्की जस्तै सिद्धार्थ र कियाराले पनि आफ्नो विवाहको लागि शाही दरबार रोजेका छन् । यति मात्र होइन, दम्पतीको विवाहमा कडा सुरक्षा व्यवस्था गरिएको छ, विवाहपूर्वदेखि विवाहसम्मका सबै कार्यक्रम दरबारभित्रै राखिनेछ ।
फेब्रुअरी ३ मा जैसलमेरमा सुरक्षा दल पठाइने मिडिया रिपोर्टबाट थाहा भएको छ । यो जोडीको विवाह समारोह राजस्थानको जैसलमेर प्यालेस होटलमा हुनेछ । यद्यपि यी जोडीको विवाहको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण