समाजमा संकास्पद गतिविधि भए तत्काल खबर गर्नुहोस : प्रहरी
बिहीबार, १७ मङ्सिर २०७२, १३ : ३९
दाङ–इलाका प्रहरी कार्यालय मलवारले आफना गतिविधिलाई तीब्र पारेको छ । समाजमा हुने आपराधिक घटनालाई न्युनिकरण गर्न ‘एक घर एक अभियान’ भन्ने नारासहित ग्रामिण बस्तीहरुमा पुगेर खबर संकलन गर्ने र नागरिकहरुलाई शान्ति सुरक्षाको अनुभूति दिलाउने प्रयास गरिरहेको छ ।
यसै क्रममा मलवार प्रहरीले डुरुवा गाविस–९ भोजपुर र बाँकीका बस्तीहरुमा पुगेर त्यहाँ भएका समस्याहरु खोतल्ने प्रयास गरिएको इलाका प्रहरी कार्यालय मलवारका प्रमुख तथा प्रहरी नायब निरीक्षक रामबहादुर जिसीले जानकारी दिए । शान्ति सुरक्षामा स्थानीयको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर गाउँ, टोल र समाजमा भए गरेका विभिन्न अपराधजन्य क्रियाकलापको समिक्षा र सुरक्षित हुने तरिकाको विषयमा नागरिकलाई सचेतना प्रदान गरेको छ ।
जाँडरक्सी सेवन गरेर ग्रामिण बस्तीहरुमा हुने झै–झगडा, कुटपिट, होहल्लाबाट समाजमा शान्ति सुरक्षामा खलल पुग्ने भन्दै स्थानीयको सहयोगमा ग्रामिण बस्तीका घरघरमा पुगेर नागरिकलाई परेको समस्याको पहिचान गरि त्यसको निराकरणमा पहल गरिरहेको प्रहरीले बताएको छ ।
सो अबसरमा स्थानीयले प्रहरीलाई नियमित रुपमा गस्ती गर्न आग्रह गरेका थिए । नियमित प्रहरीले गस्ती गरेमा समाजमा हुने चोरी, लुटपाट, झैझगडा, कुटपीट र घरेलु हिंसा जस्ता क्रियाकलापमा कमि आउने स्थानीयले अपेक्षा राखेका छन् । प्रहरीले समाजमा अबाञ्छीत क्रियाकलाप वा कुनै शंस्कास्पद गतिविधि भएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्दै खबर गर्नेको नाम गोप्य राखिने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान शान्ति सम्झौतामा नेपाल सरकारको स्वागत
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण