बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

दाङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २८५

बिहीबार, १७ मङ्सिर २०७२, १३ : ४९
बिहीबार, १७ मङ्सिर २०७२
दाङ–दाङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २८५ पुगेको छ । एचआइभी÷एड्सको क्षेत्रमा यस जिल्लामा काम गर्दै आएको संस्था दाङ प्लसले यो जानकारी दिएको हो । संस्थाका कार्यक्रम संयोजक प्रकाश नेपालीका अनुसार सङ्क्रमितमध्ये १६१ पुरुष, १२२ महिला र दुईजना तेस्रोलिङ्गी रहेका छन् । तिनीहरुमध्ये ५० पुरुष, १७ महिला र एकजना तेस्रोलिङ्गी गरी ६८ को मृत्यु भइसकेको छ भने हाल २१७ जना जीवित छन् । एचआइभी सङ्क्रमितले अहिले एआरभी नामक औषधि सेवन गरिरहेका छन् । रोजगारीका लागि खाडी एवम् भारतका विभिन्न स्थानमा गएका पुरुषले असुरक्षित यौनसम्पर्क गर्दा रोग लागेको अध्ययनमा पाइएको संस्थाले जनाएको छ । यसैबीच, जिल्लामा अहिले एचआइभी सङ्क्रमित विस्तारै समाजमा खुलेर आफ्नो स्वास्थ्य जाँच गर्न यहाँका स्वास्थ्य केन्द्रमा जान थालेको पनि दाङ प्लसले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप