बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मोर्चाद्धारा रुपन्देहीमा मोटरसाइकलमा आगजनी

बिहीबार, १७ मङ्सिर २०७२, १७ : ०२
बिहीबार, १७ मङ्सिर २०७२
भैरहवा–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीमा बिहिबार बिहान एक मोटरसाईकलमा आगजनी गरेका छन । पेट्रोलियम पदार्थ तस्करी गरिरहेकोले मोटसाईकलमा आगो लगाईएको मोर्चाले जनाएको छ । रुपन्देहीको सिक्टहन गाविस ७ छोट्कीगुम्मीमा मोर्चाका कार्यकर्ताले आगजनी गरेको सद्भावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओमप्रकाश यादव (गुल्जारी) ले बताए । पजरकट्टी ७ का पुर्णबासी गुप्ताको लु ११ प २६६ नम्बरको मोटरसाइकलमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप