बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सर्लाहीको नवलपुरमा चुरेभावरले मधेसवादी दललाई लखेटे

बिहीबार, १७ मङ्सिर २०७२, १९ : ००
बिहीबार, १७ मङ्सिर २०७२
आन्दोलन जारी राखेमा फेरी पनि लखेट्ने चेतावनी सर्लाही–तराईमा भइरहेको आन्दोलन तराइ र मधेसीको हितभन्दा बाहिर गएको छ । तराईमा जन्मेको चुरेभावर पार्टी ३ टुक्रामा विभाजित भएतापनि हाल चलिरहेको चुरेभावर तराई आन्दोलन संयुक्त चुरेभावर र त्यहाँको नागरिक समाज लगायतको आन्दोलन हुने भएको छ । मधेशवादी संयुक्त दलले आन्दोलन र नाकाबन्दी गरेको भन्दै चुरेभावरले आफ्नो क्षेत्रभित्र बन्द हड्ताल नगर्ने र कोहि गर्न आउँछ भने त्यस्तालाई प्रतिकार गर्ने भनि आज दिउँसो सर्लाहीको लालबन्दी हरिवनको बिचमा नवलपुरमा सयौंको संख्यामा आएको मधेसबादी आन्दोलनकारिलाई लखेटेका छन् । नवलपुरबाट ७ किलोमिटर तल लक्ष्मीपुर कटाएको र अब उप्रान्त भावर क्षेत्रमा बन्दहड्ताल नगर्न र आफ्ना मागबारे वार्तामा बसी नेपाल सरकारसँग पुरा गर्न चुरेभावर र नागरिक समाजले आग्रह गरेको छ । यो लडाई मधेशी र पहाडीको नभई आ(आफ्नो अधिकारको भएको भन्दै आफ्नो ठाउँमा बसी आन्दोलन गर्न आग्रह गर्दछ । अब उप्रान्त चुरेभावर क्षेत्र महेन्द्र राजमार्ग उत्तरमा चुरे(दक्षिणमा चारकोसे झाडी जंगलभित्र बन्द हड्ताल गरेमा त्यहाँको स्थानीयबासिन्दादेखि नागरिक समाज चुरेभावरले प्रतिकार गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप