भारतीय मोबाइल प्रयोग गर्न बाध्य
सोमबार, २१ मङ्सिर २०७२, १६ : १०
बैतडी– जिल्लाको तल्लो स्वराड क्षेत्रमा स्वदेशी फोन सेवा प्रभावकारी नहुँदा स्थानीय बासिन्दा भारतीय मोबाइल प्रयोग गर्न बाध्य भएका छन् ।
यस क्षेत्रका केही गाविसमा पछिल्लो समय नेपाली फोनले काम गर्न थाले पनि अधिकांश ठाउँमा नेपाल टेलिकमको मोबाइलले काम नगर्ने स्थानीयवासी जगदीश पन्तले बताए । उनले भने, “नेपाल टेलिकमलगायत कुनै पनि स्वदेशी मोबाइल सेवाले काम नगरेपछि भारतीय मोबाइल प्रयोग गर्न बाध्य छौँ ।”
बैतडीको आम्चोरा, कुलाउ, शिवनाथ, रोडिदेवल, महारुद्रलगायत गाविसमा अझै फोन सेवा नहुँदा स्थानीय मर्कामा परेका हुन् । टेलिकमले पछिल्लो समय विभिन्न ठाउँमा टावर राखी सेवा विस्तार गर्न थाले पनि काम सम्पन्न नहुँदा तल्लो स्वराडका बासिन्दा टेलिफोन सेवाबाट वञ्चित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ
-
सुदूरपश्चिममा ११ महिनामा जम्मा २८.९७ प्रतिशतमात्रै पुँजीगत खर्च
-
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
कसरी बदलियो ५० वर्षमा शीर्ष फुटबल खेलाडीहरूको शरीर ?
-
झलनाथलाई प्रश्न : नयाँ पार्टी खोल्न लाग्नुभएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण