बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

बिहीबार, ०४ असार २०८३, १६ : १९
बिहीबार, ०४ असार २०८३

काठमाडौँ । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ । गणनामा यही असार ३ गतेसम्म १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी भएका छन् ।

कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार कार्यालयले गत वैशाख २ गतेदेखि असार ७ गतेसम्मका लागि राष्ट्रिय गणना अभियान अघि बढाएको छ। “राष्ट्रिय आर्थिक गणना अहिलेसम्म उल्लासपूर्ण माहोलमा सञ्चालन भइरहेको छ,” उनले भने, “अझै तीन दिन बाँकी रहेकाले अन्य प्रतिष्ठानलाई राष्ट्रिय आर्थिक गणनामा सहभागी हुन अनुरोध गरिन्छ ।”

प्रवक्ता लामिछानेका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयबाट खटिएका तीन हजार ९०६ गणकलाई आवश्यक पर्ने तथ्याङ्क उपलब्ध गराउन आव्हान गरिएको छ । ‘कोही पनि प्रतिष्ठान÷व्यवसाय गणनामा सहभागी हुन नछुटौँ, यो महाअभियानलाई सफल पारौँ’ अभियानलाई कार्यालयले अघि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप