महोत्तरीमा एक हजार बालबालिका तस्करीमा प्रयोग
बिहीबार, २४ मङ्सिर २०७२, ११ : ०१
गौशाला–महोत्तरीका विभिन्न सीमानाकामा अहिले तस्करीका लागि दैनिक एक हजारभन्दा बढी बालबालिका प्रयोग हुने गरेका छन् ।
जिल्लाको प्रमुख भन्सार नाका भिट्टामोड तथा सहायक सीमानाका मटिहानी, सम्सी, कट्टीकटैया, इटहर्वा, पोखरभिण्डा, रघुनाथपुर, खैरबनी, बथनाहालगायतका ठाउँमा दैनिक हजारभन्दा बढी बालबालिका सरसामान नेपाल–भारत ओसारपसारमा लागेको स्थानीय बासिन्दाले बताएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अहिले भारतबाट सरसामान ल्याउन कडाइका साथ रोक लगाएपछि नेपाली व्यापारीले भारतीय सामान ल्याउन सीमानजिक बसोबास गर्ने बालबालिकालाई सामान ओसारपसारमा लगाएका हुन् । जिल्लाको मटिहानी सीमानाकामा मात्रै दैनिक ५०० को हाराहारीमा बालबालिका भारतीय सरसामान नेपाल ल्याउने काममा संलग्न रहेको स्थानीयवासीको दाबी रहेको छ ।
स्थानीयवासीले बालबालिका सीमानाका वा मानिस हिँड्डुल गर्ने ठाउँबाट नभएर गाई बाख्रा चराउने बहानामा अवैध तरिकाले वनको बाटो भएर भारतीय सामान नेपाल ल्याउने गरेको बताए ।
त्यस्तै जिल्लाका पोखरभिण्डा र रघुनाथपुरबाट पनि सयौँ बालबालिका दैनिक नजिकैको वनमा घाँस, दाउराको बाहाना बनाउँदै भारतीय सरसामान नेपाल ल्याउने गरेको स्थानीयवासी बताउँछन् । त्यस्तै सीमानाका सम्सी, बथनाहा, कट्टिकटैया र इटहर्वाका बालबालिका दशगजा क्षेत्रमा क्रिकेट, फूटबल लगायतका खेल खेलिरहेकै क्रममा भारतको बजारबाट सामान नेपाल छिराउने गरेको पाइन्छ ।
बालबालिका ठूलठूला व्यापारीजस्तो साइकल, मोटरसाइकल, जिप, ट्याक्टर, टायरगाडा वा अन्य ढुवानीको माध्यमबाट ठूलो मात्रामा नभई स–साना पोका बनाई हातमा वा टाउको बोकेर ल्याउने गर्दछन् ।
एक दिनमा एउटा बच्चाले दुईदेखि पाँचपटकसम्म थोरैथोरै गरी धेरै सरसामान ल्याउने गरेका छन् । उनीहरुले एउटा पोका ल्याएबापत १० देखि ५० रुपैयाँसम्म बालबालिकाको उमेर हेरेर दिने गर्दछन् । जिल्लाका सीमानाकामा बसोबास गर्ने धेरैजसोका बालबालिका त अहिले पढाइलेखाइ छोडेर पनि नेपाल भारत सरसामान तस्करीमा दिनभरि बिताउने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
लामो समयको बन्द र हडतालका कारण मधेसका बालबालिकामा पढ्ने वातावरण बिग्रिएको र धेरै समय विद्यालय बन्द भएर पनि बालबालिका र तीन अभिभावकले पठनपाठनतर्फ बढी ध्यान नदिएको अधिकारर्मीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान शान्ति सम्झौतामा नेपाल सरकारको स्वागत
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण