ओपो एसियाली बजारकै उत्कृष्ट कम्पनी
काठमाडौं– विश्व बजारकै अग्रणी प्राविधिक ब्राण्ड ओपोले एसियाली बजारमा १५ प्रतिशत बजारको हिस्सा ओगट्दै शीर्ष स्थानमा उक्लिन सफल भएको छ । पछिल्लो बजार प्रतिस्पर्धामा ओपोले भिभो, सियाओमी, सामसुङ र हुआवे लगायत स्मार्टफोन निर्मातालाई पछि पार्दै अग्रणी स्थान हात पार्न सफल भएको हो ।
प्राविधिक मार्केट रिचर्स फर्म काउण्टरपोइन्टले भर्खरै जारी गरेको नयाँ प्रतिवेदन अनुसार ओपोलाई पछ्याउँदै १३ प्रतिशत बजार हिस्सासहित भिभो दोस्रो स्थानमा रहेको छ भने १२ प्रतिशत बजार हिस्सासहित सियाओमी र सामसुङ तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी ११ प्रतिशत बजार हिस्सासहित हुआवे भने चौथौँ स्थानमा रहेको छ ।
‘एसिया हाम्रो लागि एक प्रमुख बजारका रुपमा रहँदै आएको छ । हामीले यहाँका उपभोक्ताको माग तथा आवश्यकतालाई आफ्ना उत्पादनका माध्यमबाट सम्बोधन गर्न सफल भएको हाम्रो विश्वास छ’, ओपोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ढुवानीका आधारमा उत्कृष्ट ३ ब्राण्डभित्र पर्न सफल हुनु हाम्रालागि वास्तवमै गौरवको विषय हो । समयसापेक्ष रुपमा उपभोक्ताको माग र आवश्यकतालाई दृष्टिगत गर्दै बहुउपयोगी उत्पादनहरु उपलब्ध गराउदै लैजानु हाम्रो प्रमुख प्राथमिकता हुनेछ ।’
ओपोले उच्च गुणस्तरीय उत्पादनका साथै उपभोक्ताका मागलाई विशेष प्राथमिकताको विषयका रुपमा सम्बोधन गर्नु ओपोको सफलताको प्रमुख कारक भएको ठहर गरेको छ । सो कम्पनीले उपभोक्तालाई थप सुदृढ तथा विशेष अनुभव प्रदान गर्ने सोचका साथ एसियाका अधिकांश भागमा आफ्नो बिक्री तथा सेवा केन्द्रको सञ्जाल व्यापक रुपमा बिस्तार गरिरहेको समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति–सुव्यवस्था कायम राख्न धनुषामा बैठक
-
प्रधानमन्त्रीसँग कुनै विवाद छैन, हामी निरन्तर संवादमा छौँ : अर्थमन्त्री
-
दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
-
बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण