देश र जनताको सेवालाई केन्द्रमा राखेर काम गर्न निर्देशन
मङ्गलबार, २९ मङ्सिर २०७२, १६ : ०६
काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापाले पार्टी प्रतिनिधित्व गर्दै सरकारमा सहभागी मन्त्रीलाई देश र जनताको सेवालाई केन्द्रमा राखेर पारदर्शी ढङ्गले काम गर्न आज निर्देशन दिएका छन् ।
पार्टीको सरकार समन्वय समितिको पहिलो बैठकमा आज उपप्रधानमन्त्री थापाले पार्टीको प्रशासनिक कार्यशैलीले जनतालाई नयाँ सन्देश र प्रभावकारी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष थापाले स्थानीय विकास निर्माणका कार्य गर्दा राजनीतिक चिन्तन तथा दर्शनभन्दा माथि उठेर जनताका सेवालाई प्राथमिकतामा राख्नुपर्ने बताएका उनका राजनीतिक सल्लाहकार राजाराम बर्तौलाले जानकारी दिए ।
समितिका संयोजक राजीव पराजुलीले सम्बन्धित मन्त्रालयका जिम्मेवारीलाई समय सीमामा पूरा गर्न मन्त्रीहरुलाई आग्रह गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी कार्यालयमा नै समय दिन सुझाव पनि
दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
-
एआईले मानव श्रमिक अभाव सिर्जना गर्नेछ– जेफ बेजोस
-
राष्ट्रिय सभामा दुई पद रिक्त, कहिले हुन्छ पूर्ति ?
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण