मजदुरका बालबालिकालाई विद्यालय भर्ना गराउँदै प्रहरी
बुधबार, ०१ पुस २०७२, १० : २१
वालिङ– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सदरमुकामस्थित अति नै न्यून आय भएका मजुदरका बालबालिकालाई विद्यालय पठाउने अभियान सञ्चालन गरेको छ ।
“स्याङ्जा सदरमुकाममा रहेका न्यून आय भएका मजदुरका बालबालिका आर्थिक अवस्था तथा अन्य कारणबाट विद्यालयको पहुँचभन्दा बाहिर छन्, उनीहरुलाई विद्यालयसम्म पु¥याएर अक्षर चिनाउने हाम्रो अभियान हो”, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक राजकुमार बैदावारले भने ।
“दिनभरि बजार वरपर फोहोरमा खेल्ने, विद्यालय नजाने, न्यून आय भएका मजदुरका बालबालिकालाई स्थानीयवासीको सहयोगमा स्कुल ड्रेस, अन्य लत्ताकपडा, चप्पल तथा किताब समेतको व्यवस्था गरिदिएका छौँ”, प्रहरी उपरीक्षक बैदवारले भने–“यस्ता अन्य बालबालिकालाई पनि आगामी दिनमा विद्यालय भर्ना गराउँदै लैजानेछौँ ।” प्रहरीले गत असोज १९ गतेदेखि ६ जना बालबालिकालाई जिल्ला सदरमुकामस्थित काजिमान हरिटीका उच्च माविमा भर्ना गराई दैनिकरुपमा विद्यालय पु¥याउने कार्य गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
-
एआईले मानव श्रमिक अभाव सिर्जना गर्नेछ– जेफ बेजोस
-
राष्ट्रिय सभामा दुई पद रिक्त, कहिले हुन्छ पूर्ति ?
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण