जिल्ला कारागार मुस्ताङमा शौचालय नहुँदा बाल्टिनमा शौच गर्छन् कैदीबन्दी
बुधबार, ०१ पुस २०७२, १० : २७
मुस्ताङ– जिल्ला कारागार मुस्ताङमा शौचालय नहुँदा यहाँका कैदीबन्दीलाई समस्या उत्पन्न भएको छ । उनीहरु रातको समयमा कोठाभित्रै बाल्टिनमा शौच गर्न बाध्य छन् ।
कारागार परिसरभित्र शौचालय नहुँदा बाहिर खुल्ला चौरमा शौच गर्न कैदीबन्दी बाध्य छन् । उनीहरुले तत्काल शौचालयको व्यवस्था गरिदिन आग्रहसमेत गरेका छन् । जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दीका कारण थप समस्या उत्पन्न भएको कारागार व्यवस्थापनले जनाएको छ ।
कारागारभित्रै शौचालय नहुँदा कैदीबन्दीदेखि कार्यालयका सबै कर्मचारीलाई शौच गर्न समस्या भएको कारागारका जेलर ऋषिराम बरालले जानकारी दिए । उनका अनुसार ६ जनाका क्षमता रहेको कारागारमा अहिले दुई महिला र ६ पुरुषसहित आठजना कैदीबन्दी छन् ।
“शौचालयको एकदमै समस्या छ, कैदीबन्दी रातको समयमा बाल्टिन र विभिन्न भाडामा शौच गरिरहेका छन्”, जेलर बरालले भने, “यसका लागि कारागार व्यवस्थापन विभागसँग कुरा भए पनि काम हुन सकेको छैन ।”
कैदीबन्दीले आफूहरुलाई सरकारले थप अन्याय गरेको गुनासो व्यक्त गरेका छन् । जीर्ण भवनमा बस्दा समस्या उत्पन्न भएको बताइएको छ । धेरै समय पहिला निर्माण गरिएको भवनमा अहिले तीनवटा कोठा मात्र रहेका छन् । त्यसैमा कैदीबन्दी कोचिएर बस्न बाध्य भइरहेको छ । कारागारको चौतर्फी सुरक्षाका लागि पर्खाल, भवन र तारबारको लागि माथिल्लो निकायमा कुरा राखिए पनि पूरा हुन नसकेको जेलर बरालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
-
एआईले मानव श्रमिक अभाव सिर्जना गर्नेछ– जेफ बेजोस
-
राष्ट्रिय सभामा दुई पद रिक्त, कहिले हुन्छ पूर्ति ?
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण