चिसोको कारण विद्यार्थी विद्यालयमा जान छाडे
बुधबार, ०१ पुस २०७२, ११ : २०
उदयपुर–एक हप्तायता नेपालको तराई क्षेत्रलगायत उदयपुरको तराई तथा पहाडी क्षेत्रमा समेत व्यापक शीतलहरका साथै चिसो बढ्न थालेपछि यस क्षेत्रका विद्यार्थी विद्यालय नै जान छाडेका छन् ।
चिसो हुस्सुले रात्रिको समयदेखि बिहानभरि नै प्रभाव पार्न थालेपछि उदयपुरको सुन्दपुर, हँडिया, जोगिदह तथा तपेश्वरी क्षेत्रका तल्ला तहमा अध्ययनरत बालबालिका विद्यालय नै आउन छाडेका हुन् । चिसो र हुस्सु बढ्दै गएपछि प्रायः प्राथमिक तहका साना बालबालिका विद्यालय नै आउन छाडेको जनता उच्चमावि हँडियाका शिक्षक बाबुनारायण चौधरीले बताए ।
व्यापक रुपमा चिसो बढ्दै गएको कारण जिल्लाको पहाडी क्षेत्र रौता, सल्ले, लाफागाउँ इनामे, माझखर्कलगायत निम्नमाध्यमिक तथा प्राथमिक तहका विद्यार्थी पनि विद्यालयमा उपस्थित हुन छाडेको स्थानीय शिक्षकले बताएका छन् । एक हप्तायतादेखि व्यापक हुस्सु र चिसो बढेपछि विद्यालयमा १० प्रतिशत विद्यार्थी पनि उपस्थित हुन छाडेको पञ्चकन्या प्रावि आँपटार बोलुङखा चिसापानीका शिक्षक सिद्धराज काफ्लेले बताए । अहिले व्यापक चिसो बढेपछि माध्यमिक तहका विद्यार्थी पनि कक्षा १० का बाहेक अन्य कक्षाका विद्यार्थी चिसोको कारण उपस्थित हुन छाडेको जाँते उच्चमाविका शिक्षक कुम्भराज राई बताउँछन् ।
शिक्षक राई भन्छन्, “प्रावि तहमा त विद्यार्थी उपस्थित शून्य नै हुन थाल्यो, मावि तहमा एक हप्तायता आएर विद्यार्थीको उपस्थित सङ्ख्या घट्दै २५ प्रतिशतमा झरेको छ ।” अचानक व्यापक चिसो र हुस्सु बढेको कारण पनि आफ्ना बालबालिका चिसोबाट प्रभावित हुने हुनाले अहिले नियमित विद्यालय पठाउन नसकिएको स्वयम् अभिभावक नै बताउन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
-
एआईले मानव श्रमिक अभाव सिर्जना गर्नेछ– जेफ बेजोस
-
राष्ट्रिय सभामा दुई पद रिक्त, कहिले हुन्छ पूर्ति ?
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण