विश्वकै उत्कृष्ट संविधान : अर्थमन्त्री पौडेल
शनिबार, ०४ पुस २०७२, २१ : २५
ललितपुर–अर्थमन्त्री विष्णु पौडेलले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताएका छन् ।
कार्यविनायक नगरपालिकाद्वारा आज यहाँ आयोजित ‘जनताको संविधान जनताकै माझ’ प्रचारप्रसार कार्यलाई सम्बोधन गर्दै उनले संविधानमा सबै जाति, वर्ग, लिङ्ग, महिला, आदिवासी, आदिवासी जनजाति, मुस्लिम, थारु, अल्पसङ्ख्यक, मधेसीलगायतको हक र अधिकारलाई सुनिश्चित गरिएको उल्लेख गरे ।
अर्थमन्त्री पौडेलले विश्वकै नमुना संविधान बनेको अवसरमा स्वागत गर्नुको साटो मधेसी मोर्चाले आन्दोलन गरेकामा दुःख व्यक्त गरे । संविधानमा तराईलाई विभेद गरिएको भन्दै मधेसी मोर्चाले गरिरहेको आन्दोलनको कुनै तुक नभएको उनले प्रष्ट पारे ।
समावेशी र सबैको साझा संविधान आउनुमा आमनेपाली जनताको त्याग र सङ्घर्ष रहेको उनको भनाइ रहेको थियो । संविधान आएलगत्तै राजनीतिक स्थायित्व हुँदै गएको मन्त्री पौडेलले उल्लेख गरे ।
सो अवसरमा सांसद उदयशम्शेर राणाले जनस्तरमा संविधानमा उल्लेख गरिएको हरेक नागरिकको अधिकारलाई प्रचार गर्नु अति आवश्यक भएको बताए ।
अर्का सांसद योगेन्द्र घिसिङले ६५ वर्षको इतिहासमा नेपाली जनताले पाएको संविधानले सबैको हक अधिकार सुनिश्चित भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण