बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

३० सेकेण्डमा १ सय ८ पटक स्किपिङ गरेर ११ वर्षीय बालकले बनाए नयाँ किर्तिमान

आइतबार, ०५ पुस २०७२, १४ : ५३
आइतबार, ०५ पुस २०७२

११ वर्षका सिन सियाओलिनले केवल ३० सेकेन्डमा १ सय ८ पटकसम्म आफ्नो स्किपिङ गरेर नयाँ विश्व किर्तिमान बनाएका छन् । दुबईमा भएको वल्र्ड इन्टर स्कुल रोप स्किपिंग च्याम्पियनसिपमा उनले यस्तो प्रदर्शन गरेपछि निर्णायकहरु नै छक परे । यति छोटो समयमा मानिसले खुट्टा त के डोरी पनि हल्लाउन सक्दैन् । शुरुमा त उनीहरुले कतिपटकसम्म उनले डोरीलाई सँगै राखेर खुट्टा हल्लाए भन्ने गणना नै गर्न सकेनन् । निर्णायकहरुले उनले कतिपटक स्किपिङ गरे भन्ने निष्र्कष निकाल्नका लागि ८ पटकसम्म उनको भिजुयल दोहोर्याएर हेरेका थिए । यसपछि उनले ३ मिनेटमा ५ सय ४८ पटक स्किपिंग गर्दै अर्को विश्व किर्तिमान बनाए । चीनको ग्वांगजाउ नजिकै रहेको सेभेन स्टार प्रारम्भिक विद्यालयमा स्किपिंग सिकेको सिनले बताएका छन् । यस विद्यालयले सन् २०१२ बाट शिक्षक तथा विद्यार्थीहरुलाई स्किपिंगको प्रशिक्षण उपलब्ध गराउँदै आएको थियो । विद्यार्थीहरुले दैनिक अनिवार्य रुपमा १ घण्टा ३० मिनेट स्किपिंग प्रशिक्षण लिदैँ आएका छन् । यस विद्यालयका जिम शिक्षक लि झुवानझीले हाफ स्क्वायट जम्प सुरु गर्नुअघि २ सय स्किपिंग भिडियो हेरेका थिए । यस विद्यालयमा चिनियाँ मार्सल आर्ट, नृत्य, जिम्न्यास्टिक र अन्य खेलको पनि अभ्यास हुन्छ । दुबईमा भएको विश्व च्याम्पियनसिपमा यस विद्यालयले २८ मध्ये २७ स्वर्ण जितेको छ ।

CEN XIAOLIN 30 SECONDS - 108 from Promotime on Vimeo.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप