सर्लाही कार्यालयमा आक्रमण भएको भन्दै महिला मन्त्रालयद्वारा भत्र्सना
काठमाडौँ–महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले सोमबार सर्लाही जिल्लाको सदरमुकाम मङ्गवास्थित महिला, बालबालिकालगायत अन्य सरकारी कार्यालयको तोडफोड गर्नु निन्दनीय भएको जनाएको छ ।
‘सर्लाहीको केही सरकारी कार्यालयको भवनमा केही उशृृङ्खल व्यक्तिबाट आगजनी, तोडफोडबाट भवनको क्षतिलगायत विभिन्न कार्यालयका सामानको हानी नोक्सानी भएको खबरबाट मन्त्रालय चिन्तित भएको छ’–मन्त्रालयका प्रवक्ता नारायणप्रसाद काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको समुन्नति र उनीहरूको हकहित र अधिकारको संरक्षण र सम्बद्र्धनको दिशामा निरन्तर क्रियाशील कार्यालयमाथि निहीत स्वार्थबाट आक्रमण हुनु निन्दनीय भएको समेत मन्त्रालयले जनाएको छ ।
‘मन्त्रालयले यस्तो अमानवीय तथा निन्दनीय घटनाप्रति खेद तथा घोरभत्र्सना प्रकट गर्दै आफ्नो लक्ष्य तथा उद्देश्य हासिल गर्ने सिलसिलामा यस्ता क्रियाकलापबाट मन्त्रालय विचलित नभई निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण