तराई मधेसको आन्दोलनमा छ बालबालिकाको मृत्यु
काठमाडौँ– केन्द्रीय बाल कल्याण समितिले तराई मधेसमा आन्दोलनका क्रममा गत साउनयता छ जना बालबालिकाको ज्यान गएको जनाएको छ ।
समितिले बुधबार जारी गरेको विज्ञप्तिमा विभिन्न समूहले आआफ्ना स्वार्थका निमित्त बालबालिकाको प्रयोग गर्ने क्रम जारी रहेको बाल संरक्षणका दृष्टिले अत्यन्त गम्भीर विषय रहँदै आएको र छ जना बालबालिकाको ज्यान गइसकेको जनाएको हो ।
कुनै पनि विरोध आन्दोलनमा जोखिममा पर्नेगरी बालबालिकाको प्रयोग बढ्नु अत्यन्त चिन्ता र निन्दाको विषय र पछिल्लो पटक रौतहटको सदरमुकाम गौरमा आन्दोलनका क्रममा गत पुस ५ गते कक्षा १० मा अध्ययनरत शेख तबरेज आलमको मृत्युले स्तब्ध बनाएको समितिको भनाइ छ ।
राजनीतिक स्वार्थका लागि बालबालिकाको अधिकार उल्लङ्घन गरिनु हुँदैन भने बालबालिकाको संरक्षणको निम्ति राज्यका निकाय एवम् आन्दोलनरत पक्षलगायत अभिभावक, समुदाय सबै गम्भीर र सजक हुनु पर्दछ– विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण