संविधान बुझाउन लागिपरे हिमालपारिका प्रमुख दल
मनाङ– नेपालको नयाँ संविधान र त्यसका विशेषताबारे बुझाउन हिमालपारिको जिल्ला मनाङका प्रमुख दल क्रियाशील हुन थालेका छन् ।
‘जनताको संविधान जनताकै माझमा’ विषयक कार्यक्रमको आयोजना गरी मनाङका प्रमुख दल संविधान बुझाउन क्रियाशील हुन थालेका हुन् । नयाँ संविधानको विषयलाई लिएर तराईमा आन्दोलन र पहाड एवम् हिमालमा अन्योलता भइरहेका बेला हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक संविधानका बारेमा जनतालाई बुझाउन थालिएको हो । नयाँ संबिधान बुझाउन मनाङका राजनीतिक दल र सरकारी कार्यालयको संयुक्त आयोजनामा संविधानबारे बुझाइएको हो ।
स्थानीय विकास अधिकारी कृष्णप्रसाद धितालले नयाँ संविधान र त्यसका मौलिक हकबारे जनतालाई बुझाए । “उनले नयाँ संविधानले सम्पूर्ण आदिवासी जनता र प्रत्येक समुदायलाई अधिकार दिएको उल्लेख गरे । उनले संविधानको मूलभूत प्रावधानका बारेमा समेत जानकारी गराए ।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नेपालको नयाँ संविधानको विशेषताबारे बुझाए । उनले अहिले बनेको संविधान प्रत्येक समुदाय र नागरिकका लागि उत्कृष्ट रहेको चर्चा गरे । कुनै पनि देशमा दुई तिहाइभन्दा बढी जनप्रतिनिधिबाट चुनिएको संविधान बनेको छैन । उनले भने, “नेपालले गरेको यो महत्वपूर्ण अभ्यास सबैले बुझ्न जरुरी छ ।”
नेपाली काँग्रेसका सचिव सुरेन्द्र गुरुङले अहिलेको संविधानले मुलुकका हरेक नागरिकको अधिकार सुनिश्चित गरेको र मुलुकको अग्रगमनका लागि ढोका खोलेको चर्चा गर्दै शीघ्र संविधानको कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
नेकपा ९एमाले०का मङ्गलबहादुर गुरुङ, एमाओवादीका पासाङ विष्ट, राप्रपाका विन घले लगायतले संविधान अविलम्ब कार्यान्वयनको विकल्प नरहेको भन्दै संविधानको अन्तरवस्तुबारे सर्वसाधारणलाई बुझाए ।
सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले ‘संविधानको अन्तरवस्तुबारे बिहङ्गम दृष्टि’ नामक कार्यपत्र प्रस्तुत गर्दै संविधान सबै जात र सबै क्षेत्रका बासिन्दाको समृद्धिका लागि लेखिएको चर्चा गरे ।
कार्यक्रममा उपस्थित सर्वसाधारणले संविधान र त्यसका विशेषताबारे श्रव्यदृश्य सामग्रीमार्फत हेर्दै नयाँ संविधानले कानुनी राज्यको प्रत्याभूति र मुलुकको दिगो विकासका लागि ढोका खोल्नुपर्ने बताए । “संविधानको कार्यान्वयन हुनुप¥यो, मुलुकमा संवैधानिक व्यवस्था चल्नुप¥यो”, कार्यक्रममा उपस्थित माथिल्लो पिसाङका सोनाम लामाले भने ।
नयाँ संविधानबारे जनता अझै भ्रममा परिरहँदा संविधान निर्माणका लागि एकजुट भएर लागेका प्रमुख दल संयुक्त रुपमा त्यसका विशेषताबारे बुझाउन ‘फिल्ड’मा नलागिरहेका बेला मनाङमा सबै दल मिलेर जनतालाई बुझाएका हुन् । सर्वसाधारणले संविधानबारे बुझाउन प्रमुख दललाई देश दौडाहामा लाग्न आग्रह गर्दै आएपनि अझै त्यसबारे बुझाउन प्रमुख दलहरुले संयुक्त रुपमा अभियानलाई तिव्रता दिन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण