निजी क्षेत्रको सहकार्यमा पर्यटन प्रवद्र्धन अघि बढाइने
काठमाडौँ– नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्डलाई तत्काल परिणाम देखिने गरी गतिशील बनाइने बताएका छन् ।
नेपाल पर्यटन पत्रकार सङ्घको तर्फबाट आज बधाई ग्रहण गर्दै उनले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनका कामलाई अघि बढाउने बताए । बोर्डमा सीमित कर्मचारी भएका कारण प्रभावकारी काम हुन नसकेको उल्लेख गर्दै कार्यकारी अधिकृत जोशीले जनशक्ति विस्तार गरी निजी क्षेत्रसँग समन्वय गरेर बोर्डका प्रवद्र्धनात्मक कार्यलाई तीव्रता दिइने बताए ।
सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप बोर्डलाई प्रभावकारी बनाउन समन्वय र सहकार्यका लागि आफूले निजी क्षेत्र र सरकारबीच पुलको भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।
सङ्घका अध्यक्ष देवी पन्तले बोर्डसँग सहकार्य गरेर प्रवद्र्धनात्मक कार्यक्रम गर्न संस्था प्रतिबद्ध रहेको बताए । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत जोशीलाई बधाई तथा शुभकामना ज्ञापन गर्न सङ्घका अध्यक्ष पन्तको नेतृत्वमा पर्यटन पत्रकारको टोली बोर्ड पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण