जानकी मन्दिर तोडफोडमा संलग्न पक्राउ
बिहीबार, ०९ पुस २०७२, २० : ३१
धनुषा– विवाहपञ्चमी महोत्सवको दिन जानकी मन्दिरमा तोडफोड गरेको आरोपमा आज एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–४ की शिला देवी रहेको प्रहरीले जनाएको छ । महोत्सवका अवसरमा जानकी मन्दिरमा पूजा अर्चनाका लागि आएका राष्ट्रपति विद्यादेवी भण्डारी पूजा गरी फिर्ता भएपछि मन्दिरमा दर्शनका लागि जाने भक्तजनमध्येबाट केही व्यक्तिले मन्दिरको मुख्य मूर्ति रहेको गर्भगृहको ढोका, काठको रेलिङ र फलामको बारमा लातले हिर्काई तोडफोड गरेका थिए ।
घटनामा शिला देवी मुख्य नाइके भएर मुख्य मन्दिरमा प्रवेश गरी तोडफोड गरेको दृख्य विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रकाशन भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी एवम् पहिचान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण