विकास निर्माणमा राजनीतिक गन्ध हुनुहुँदैनः खनाल
बिहीबार, ०९ पुस २०७२, २० : ४२
इलाम– नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनालले विकास निर्माणका काममा राजनीतिक रङ दिन नहुने बताएका छन् ।
जापानी राजदूतावासको आर्थिक सहयोगमा निर्माण हुन लागेको साँखेजुङस्थित बन्चरे गोलाइबाट शान्तिडाँडासम्म पुग्ने करिब दुई किमी सडकको आज शिलान्यास गर्दै उनले भने, “विकास निर्माणमा कहीँ पनि राजनीतिक गन्ध आउनुहुँदैन, त्यसले गर्दा मात्र देशमा विकास निर्माण तीव्र गतिले अघि बढ्छ, विकासमा भागबन्डा हुनुहुँदैन ।”
जापानी राजदूतावासको करिब रु एक करोडको लागतमा सो सडक निर्माण हुन लागेको हो ।
नेपालका लागि जापानी राजदूत मासासा ओगावाले आफूले साँखेजुङको भ्रमण गरी त्यस क्षेत्रमा विकासका लागि सडक आवश्यक परेकाले दूतावासबाट सहयोग गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण