बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

प्रमुख तीन राजनीतिक दल एकै ठाउँमा नबसी संविधान कार्यान्वयन हुँदैन

बिहीबार, ०९ पुस २०७२, २० : ४५
बिहीबार, ०९ पुस २०७२

पोखरा–नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले प्रमुख तीन राजनीतिक दल एक ठाउँमा नबसी संविधानको कार्यान्वयन नहुने बताएका छन् ।

नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले केन्द्रदेखि स्थानीय तहसम्म संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले नै गर्ने विचार व्यक्त गरे ।

संविधानमा उल्लेख भएका समानुपातिक र समावेशीताका बुँदा जनताको घरघरमा बुझाउन नसक्दा मधेसी जनता आन्दोलित भएको धारणा राख्दै उनले संविधानले निर्दिष्ट गरेका विषयलाई जनतामाँझ प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

उनले काँग्रेसको आशन्न तेह्रौँ महाधिवेशनबाट देश र पार्टी हाँक्न सक्ने जुझारु नेतृत्व चयन गर्नुपर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप